नुवाकोटः नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर दुइको पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत गभ छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । कोशीखोलामा बुधवार आएको बाढी धानखेतमा पस्दा खेत बगरमा परिणत भएको हो ।
किसानले हालै मेहनतका साथ धान रोपेका खेतहरु बगरमा परिणत भएको स्थानीय किसान स्थानीय किसान आरबी नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार करिब दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको धानको रोपो पुरिएको छ । बाढीको कारण खोलामा हालिएको झोलुङ्गे पुलमा पनि क्षति भएको छ । पुलको पिलर बगाएसँगै पुलबाट आवागमन रोकिएको छ । स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति क्षति पुगेको छ । क्षतिको लगत सङ्कलन गरेर किसानलाई सक्दो सहयोग गरिने तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको बताउनुभयो ।
साझा अर्थ संवाददाता