काठमाडौः सहकारी गठी प्रकरणका आरोपी रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ । आज लामीछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयानकालागि भैरहवा लगिएको हो ।
पोखरा स्थित सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कार्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न भैरहवा लगिएको प्रहरीले जनाएको छ । लामिछानेलाई हवाईजहाजबाट भैरहवा लगिएको हो ।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याउने भएपछि आज बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ । कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका १२ जना आरोपीलाई पक्राउ पक्राउ पूर्जि जारी गरेको थियो । भैरहवामा रवि समर्थक र सहकारी पीडित दुवैले प्रदर्शनको तयारी गरेको बताईएको छ ।
साझा अर्थ संवाददाता