यो साता सुनचाँदीको मुल्यमा उतार चढाव आएको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणामसँगै सुनको मुल्यमा उतार
चढाव देखिएको हो । यो सँगै अमेरिकी डलरको विनिमय दरमा देखिएको उच्च रेकर्ड, फेडरल रिजर्भले ब्याज दर घटाउँदाको प्रभाव
पनि सुनको मुल्यमा परेको बिश्लेषकहरुको भनाई छ ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यमा उतार चढाव आयो । साताको पहिलो दिन आइतबार र दोस्रो दिन शोमबार तिहार
पर्वका कारण सुनको दरभाउ प्रकाशन भएको थिएन । साताको तेस्रो दिन मंगलबार प्रति १० ग्राम १ लाख ४४ हजार २ सय ५
रुपैयाँ पुग्यो । साताको चौथो दिन बुधबार मुल्य प्रति १० ग्राम १ लाख ४४ हजार ४ सय ६० पुग्यो । यसपश्चात साताको पाँचौं
दिन बिहिबार मुल्य घटेर प्रति १० ग्राम सुनको मुल्य १ लाख ४१ हजार ३० रुपैयाँ कायम भयो ।
साताको पछिल्लो कारोबार भएको
दिन शुक्रबार भने फेरी बढेर प्रति १० ग्राम १ लाख ४२ हजार ७ सय ४५ रुपैयाँ पुग्यो । यो मुल्य साताको तेस्रो अर्थात बजार
खुलेको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ४ सय ६० कम हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य घटेको छ । साताको तेस्रो दिन मंगलबार प्रति १० ग्राम १ हजार ७ सय
४० रुपैया ५० पैसा पुगेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा
कायम भयो ।
साझा अर्थ संवाददाता