पात्रो

रेडियो

समाचार खोजी

भीमेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन

साझा अर्थ संवाददाता २३ कार्तिक २०८१, शुक्रवार

दोलखाः सदरमुकाम चरिकोटमा भीमेश्वर नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ ।  आज एक समारोहका विच बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । 
उद्घाटन मन्तब्य ब्यक्त गर्दै कार्यक्रममा प्रमुख अतिथि मन्त्री काफ्लेले खेल क्षेत्रको विकासकालागि बागमती प्रदेश सरकार लागि रहेको बताउनु भयो । निर्माणाधिन भीमेश्वर रंगशाला तथा कवर्डहल का बाँकी काम सम्पन्न गर्नका लागि एकै पटक सबैकाम सम्पन्न हुने गरी काम गर्न सकिने अवस्था नभए पनि के कति गर्न सकिन्छ त्यस तर्फ प्रदेश सरकारले कार्य गर्ने आश्वासन दिनुभयो ।  यसैगरी कार्यक्रमका विशेष अतिथि बागमती प्रदेश सभा सदस्य एवं भीमेश्वर नगरपालिकाका का पूर्व मेयर भरत बहादुर केसीले आफू मेयर हुँदा निर्माण सुरु गरेको भीमेश्वर रंगशाला लगायतका संरचना पूरा गर्न सबैलाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रम भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो । मेयर मानन्धरले खेल क्षेत्रको विकासकालागि भीमेश्वर नगर आफ्नो स्रोत र साधनले भ्याएसम्म लागिरहेको बताउनु भयो । रनिङ्ग शिल्ड प्रतियोगितामा भीमेश्वर नगर भित्रका विद्यालयहरुको सहभागिता रहेको छ ।

393 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्