पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

साझा अर्थ संवाददाता २१ कार्तिक २०८१, बुधवार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पोडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ ।

राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विाटमार्फत ऐतिहासिक जित हासिल गर्नुभएकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उहाँको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ ।

उहाँले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

225 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्