पात्रो

रेडियो

समाचार खोजी

विपन्न परिवारलाई नगरपालिकाले दियो घर

साझा अर्थ संवाददाता १६ साउन २०८१, बुधवार

स्याङजाः  चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न छ परिवारलाई घर निर्माण गरिदिएको छ । चापाकोट गाउँपालिका वडा नम्बर १० भुमरीघाटकी माया भट्टराई र सोही पालिक वडानम्बर ४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको हो ।
चापाकोट नगरपालिकाको विपन्न नागरिक आवास पुनःस्थापन कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन भएको रकमबाट दुईकोठे घर निर्माणपश्चात् मंगलवार  हस्तान्तरण गरिएको नगरप्रमुख देवबहादुर खाणले जानकारी दिनुुभयो । प्रतिघर रु दुई लाख ८० हजारका दरले रु १६ लाख ८० हजारको लागतमा छवटा घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख खाणको भनाई रहेको छ । नगरपालिकाकाको वडा नं १ र ७ मा एक-एक घर तथा वडा नं ४ र १० मा दुई-दुई घर निर्माणपश्चात् हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।

173 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ