पात्रो

रेडियो

समाचार खोजी

प्रमुख सूचना आयुक्तमा आचार्य सिफारिस

साझा अर्थ संवाददाता २० कार्तिक २०८१, मङ्गलवार

काठमाडौँः  राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेशप्रसाद आचार्य सिफारिस हुनुभएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमबार बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा आचार्यको सिफारिस गरेको हो । 
आचार्य नेपाल पत्रकार महासंघका पूर्व सभापति हुनुहुन्छ । यस्तै समितिले गगन विष्ट र दुर्गा भण्डारीलाई सूचना आयुक्तमा विष्ट प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष तथा भण्डारी पूर्व सचिव हुनुहुन्छ । प्रतिनिधिसभाका सभामुख अध्यक्ष र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य रहने तीन सदस्यीय सिफारिस समितिले प्रमुख सूचना आयुक्त र आयुक्त सिफारिस गर्ने कानुनी प्रावधान रहेको छ ।

205 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्