काठमाडौः अविरल वर्षाका कारण आएको बाढीले बगाएर ईखुवा जलविद्युत आयोजनामा काम गर्ने दुई जना मजदुर बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई मंगलवार खोलामा आएको बाढीले बगाएको हो ।
गयराति आएको बाढीमा परी दुुुईजना मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बेपत्ताहुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका-३ का श्यामकुमार थारू र रमेश थारू बेपत्ता भएका रहेका छन् । सोही बाढीमा परेका २६ वर्षीय राम किसन थारूको भने उद्धार गरिएको छ । बेपत्ताको खोजिकार्य जारीरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका-३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् । बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ । वाढीले जलविद्युत आयोजनाको भौतिक संरचनामा समेत क्षति पुुर्याएको छ ।
साझा अर्थ संवाददाता