काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दहालले सुसानका विपक्षमा अनि भष्टाचारीको संरक्षणको पक्षमा लागेकोले यो सरकार आफै कुहहिएर जाने बताउनु भएको छ । आज माओवादी केन्द्रद्वारा आयोजित खवरदारी सभालाई सम्बोध गर्दै उक्त कुरा बताउनु भएको हो ।
सभालाई सम्बोधन गर्ने क्रममा दलालपूँजिपतिहरुको समर्थन गर्ने पार्टीहरुसँग विगतमा सहकार्य गरेर आफूहरुले गल्ति गरेको भन्दै यस बारेमा आत्म आलोचना गर्दै जनता समक्ष जाने उहाँले बताउनु भयो । दलाल पूँजिपतिहरुको समर्थन गर्ने पार्टीहरुसँग अब सहकार्य गर्न कुनैं रहर नभएको उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा परराष्ट्रनीतिले नयाँ उचाई प्राप्त गरेको दावी गर्दै प्रचण्डले यो सरकार जालीझेली को भएकोले जनताले आश गर्ने कुनै कुरा नभएको बताउनु भयो । यो सरकारको गठन काले काले मिलेर खाउँ भन्ने उद्देश्यबाट प्रेरित भएको प्रष्ट भएको उहाँको भनाई थियो । गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीताका कुरामाथी खेलबाड गर्न कसैले नक्ने प्रचण्डले बताउनु भयो ।
बक्तब्यका क्रममा लोडसेडिङ हटाउने कार्य माओवादीले गरेकोले माओवादी, जनार्दन शर्मा, नारायणकाजी, कुलमान भन्ने मानिस समेत अहिलेको सरकारको आँखाको तारो बनेको उहाँले बताउनु भयो । अब नेकपा माओवादी केन्द्र जतिसिट ल्याएपनि एक्लै चुनाव लड्ने घोषणा गर्दै एमाले र काँग्रेस जस्ता बेइमान पार्टीलाई जनस्तरबाटै पाठ सिकाउने उहाँले बताउनु भयो ।
साझा अर्थ संवाददाता