काठमाडौंः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो सरकारको पूरै कार्यकाल टिक्ने बताउनु भएको छ । न्यूज एजेन्सी नेपाल सँगको कुराकानीका क्रममा देउवाले सो बताउनु भएको हो । सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताउँदै विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम मात्र फैलाइएको उहाँले बताउनु भयो । वर्तमान सरकार पूरा कार्यकाल जाने र एमाले—काँग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने सभापति देउवाले बताउनु भयो ।
साझा अर्थ संवाददाता