पात्रो

रेडियो

समाचार खोजी

सामान्य बढ्यो सुनको मुल्य

साझा अर्थ संवाददाता १७ असोज २०८१, बिहिवार



बिहिबार सुनको मूल्य सामान्य बढेको छ । यस  दिन सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ९ सय  रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार ८०० रुपैयाँ थियो ।

त्यसैगरी, यो दिन चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार ९४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७२ रुपैयाँ  कायम भएको छ ।

 

140 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता