पात्रो

रेडियो

समाचार खोजी

सुनको मुल्य तोलाको १ लाख ६० हजार ८ सय

साझा अर्थ संवाददाता १६ असोज २०८१, बुधवार



साताको चौथो कारोबार दिन बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ८ सय  रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ थियो ।

त्यसैगरी, यो दिन चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार ८६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६५९ रुपैयाँ  कायम भएको छ 

224 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता