पात्रो

रेडियो

समाचार खोजी

सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० पुलमा क्षति

साझा अर्थ संवाददाता १५ असोज २०८१, मङ्गलवार

काठमाडौः  वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले दुई पक्की पुल र आठ वटा झोलुङ्गे पुलमा क्षति पुर्‍याएका हो । 
सिन्धुलीकोे सुनकोशी गाउँपालिका-१ खैरनीघाटबाट रामेछापको खाँडादेवी गाउँपालिका-१ लुगी जोड्ने पक्की पुल पूणर् रुपमा बगाएको छ यस्तै सुनकोसी-५ रामटारबाट खाँडादेवी-३ सित्खा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको राससले जनाएको छ । 
यसैगरी, गोलञ्जोर गाउँपालिका, सिन्धुली र मन्थली गाउँपालिका, रामेछाप जोड्ने दुई वटा पुल बगाएको छ । गोलञ्जोर-७ खुर्कोटस्थित एउटा पक्की र एउटा झोलुङ्गे पुल सुनकोसीमा आएको बाढीले बगाएको हो । मन्थलीतर्फ पक्की पुलको एउटा स्पान बगाएको र सोही पुल नजिकै रहेको झोलुङ्गे पुल पूणर् रुपमा बगाउँदा रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बुसँगको सम्पर्क टुटेको छ ।
फिक्कल गाउँपालिका, सिन्धुलीअन्तर्गत रहेका दुई वटा झोलुङ्गे पुल पूणर् रुपमा बगाएको छभने तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको गाउँपालिका उपाध्यक्ष राज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार फिक्कल-४ खाङ्साङबाट चम्पादेवी गाउँपालिका-१ ओखलढुङ्गा जोड्ने र फिक्कल-६ सुनकोसी गाउँपालिका-१ ओखलढुङ्गा जोड्ने पुल पूणर् रुपमा बगाएको हो । 
फिक्कल-४ सुनकोसी-२ जोड्ने, फिक्कल-५ सुनकोसी-१ जोड्ने र फिक्कल-५ सुनकोसी-२ जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

462 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता