पात्रो

रेडियो

समाचार खोजी

काभ्रेपलाञ्चोकको खानीखोलाका आठ घर बगे

साझा अर्थ संवाददाता १२ असोज २०८१, शनिवार

धुलिखेल ( काभ्रेपलाञ्चोक), १२ आसोज: अविरल वर्षाका कारण बागमती खोलामा आएको बाढीले जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ मा आठ घर बगाएको छ । वडा नं ६ स्थित बागमती खोला किनार नजिक रहेका घर बाढीले बगाएको हो । स्थानीय धनबहादुर लामाले बाढीले नयाँ बस्तीका फुलबहादुर रुम्बा, हस्तबहादुर सिङ्तान, बुद्धि सिङ्तान, प्रकाश सिङ्तान, साजन सिङ्तान, देवराज सिङ्तान, विक्रम सिङ्तान र उत्तरमान गोलेको घर बनाएको जानकारी दिनुभयो । उक्त बाढीमा एकजना महिला बेपत्ता भएकी छिन् ।

डाँडापारिका दुई पालिका सञ्चार सम्पर्कविहीन

डाँडापारी क्षेत्रमा रहेको खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाका अधिकांश स्थानमा सञ्चार सम्पर्कविहीन भएका छन् । अविरल वर्षाले विद्युत् सेवा बन्द भएपछि सम्पर्कविहीन बनेका हुन् । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले वर्षाका कारण पालिकाका अधिकांश ठाउँ सञ्चार सम्पर्कविहीन भएका बताउँदै कहाँ, कति क्षति भएको यकिन गर्न नसकेको उल्लेख गर्नुभयो । नेपाल टेलिकमलाई बारम्बार खानीखोलामा सञ्चार सम्पर्कमा जोड्न पटकपटक आग्रह गरिएको भन्दै जीर्ण टावरमा सेवा जडान नहुँदा दुई वर्षदेखि समस्या व्यहोर्दै आएको उहाँले बताउनुभयो । त्यस्तै महाभारत गाउँपालिकाका अधिकांश स्थान पनि सञ्चार सम्पर्कविहीन भएका गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । वर्षाका कारण विद्युत् प्रसारण लाइनमा क्षति हुँदा सञ्चार सम्पर्क विच्छेद भएको उहाँले उल्लेख गर्नुभयो ।

305 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता