विगत ५ दिनदेखि सुनको मूल्यले दिनकै नयाँ कायम राखेको छ । अघिल्लो दिन बुधबार प्रतितोला ७ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । संघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
। गत असोज ६ गते १ लाख ५८ हजार ८ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य त्यसपछि दैनिक नयाँ उचाईमा पुगिरहेको छ ।
साझा अर्थ संवाददाता