पात्रो

रेडियो

समाचार खोजी

विकास बैंकको नाफा ८५ करोड ४० लाख

साझा अर्थ संवाददाता ७ असोज २०८१, सोमवार

चालु आर्थिक बर्ष २०८१/८२ को पहिलोे महिनामा विकास बैंकले ८५ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा ९।७६ प्रतिशतले बढी हो । गत आवको साउनमा विकास बैंकहरूको नाफा ७७ करोड ८० लाख रुपैयाँ थियो । गत आवभर उनीहरूको नाफा पाँच अर्ब ९२ करोड ९० लाख रुपैयाँभन्दा बढी थियो । 

समीक्षा अवधिमा ११ विकास बैंक नाफा र ६ विकास बैंक घाटामा देखिएका छन् । समीक्षा अवधिमा साइन रेसुंगाले सबैभन्दा धेरै २० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो नम्बरमा रहेको मुक्तिनाथ विकास बैंकले १६ करोड ९६ लाख र तेस्रो स्थानमा रहेको महालक्ष्मी विकास बैंकले १० करोड ५७ लाख रुपैयाँ नाफा कमाएका छन् । 

यस्तै, गरिमाले नौ करोड ४६ लाख रुपैयाँ, कामना सेवाले आठ करोड ५८ लाख रुपैयाँ, ज्योतिले आठ अर्ब ३६ करोड रुपैयाँ, सांग्रिलाले ६ करोड ८१ लाख, लुम्बिनीले तीन करोड ६३ लाख, सिन्धुले ३१ लाख, साल्पाले २९ लाख र कर्पोरेटले १६ लाख रुपैयाँ नाफा कमाएका छन् । यस्तै, एक्सेल ६ करोड ३७ लाख, ग्रिन डेभलपमेन्ट ८६ लाख, सप्तकोशी ५४ लाख, नारायणी ५१ लाख, कर्णाली ४८ लाख र मित्तेरी २२ लाख रुपैयाँले नोक्सानीमा छन् ।

124 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता