पात्रो

रेडियो

समाचार खोजी

संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहको  निर्देशन

साझा अर्थ संवाददाता ६ असोज २०८१, आइतवार

काठमाडौँः  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले आज सो निर्देशन दिएको हो । 
समितिले दिएका गृह मन्त्रालयसँग सम्बन्धित सुझाव तथा सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधानकार्यालयलाई पत्राचार भएको राससले जनाएको छ । 
विभिन्न सहकारी संस्थाको बचत रकम दुरुपयोग भएको विषयमा र सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गर्न प्रतिनिधिसभाबाट २०८१ जेठ १५ गते सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गरी सुझाव पेस गर्न समिति गठन भएको थियो । 
 समितिले गत भदौ ३१ गते आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो । प्रतिनिधिसभाले उक्त प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई बुझाएको थियोभने मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निणर्य गरेको थियो ।

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता