पात्रो

रेडियो

समाचार खोजी

नेपालको अर्थतन्त्र सुधार हुँदैछ : आईएमएफ

साझा अर्थ संवाददाता ६ असोज २०८१, आइतवार

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एशिया प्रशान्त क्षेत्रको उपनिर्देशक रूपा दत्त गुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको बताएकी छन् ।

आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्र बिष्णुप्रसा पौडेल बची भएको बीच भएको शिष्टाचार भेटमा उनले उक्त कुरा बताएकी हुन् । उनले नेपालमा पछिल्लो पटक अर्थतन्त्रसम्बन्धी विभिन्न सुझावहरू कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको पनि बताइन् ।

साथै उनले नेपालमा लगानी सहजीकरण सम्बन्धी कानूनहरू परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको बताइन् ।भेटपछि अर्थमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटअनुसार उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानूनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको बताइन् ।

सो अवसरमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका थिए ।

186 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ