पात्रो

रेडियो

समाचार खोजी

दशैको अग्रिम बुकिङ १३ असोजभित्र, तिहारसम्म भाडा नबढ्ने

साझा अर्थ संवाददाता ६ असोज २०८१, आइतवार

दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ १३ असोजभित्र खुलाउने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरीलगायत निकायसँग छलफल गरेर अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको हो । 


बैठकमा भाडा समायोजनको विषयमा पनि छलफल भएको थियो । जसअनुसार तिहारसम्म पुरानै भाडादर कायम राख्ने निर्णय भएको छ । दशैं तिहार पछि मात्रै नयाँ भाडादर कायम गर्ने निर्णय भएको छ । दसैँका वेला हरेक वर्ष काठमाडौं उपत्यकाबाट १५ लाखभन्दा बढी यात्रु बाहिरिन्छन् ।

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ