काठमाडौँ : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ४ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो, जसअनुसार नाफा ४८.७४ प्रतिशतले बढेको छ।
कम्पनीको खुद ब्याज आम्दानी ४९.५७ प्रतिशतले वृद्धि भई १३ करोड ३४ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि बढेर ५ करोड ५३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३ करोड ८७ लाख रुपैयाँ थियो।
यस अवधिमा कम्पनीको जगेडा कोष ३४.३७ प्रतिशतले बढेर ५ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने संचित नाफा २७.७५ प्रतिशतले बढेर ३ करोड २१ लाख रुपैयाँ पुगेको छ। कर्जा प्रवाह १२.४५ प्रतिशतले बढेर २ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने निक्षेप २८.३६ प्रतिशतले वृद्धि भई ५८ करोड ४७ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको पूँजी पर्याप्तता अनुपात ८.४८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ८.३७ प्रतिशत थियो। खराब कर्जा अनुपात (एनपीएल) ३.४१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ३.०१ प्रतिशत थियो। कोष लागत ७.२९ प्रतिशतबाट घटेर ६.२७ प्रतिशतमा झरेको छ।
प्रति सेयर आम्दानी (EPS) ४० रुपैयाँ ६२ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १६८ रुपैयाँ ९१ पैसा रहेको छ। त्रैमासको अन्त्यमा कम्पनीको सेयर मूल्य करिब १८०० रुपैयाँ कायम रहँदा पी/ई अनुपात ४४.३१ गुणा रहेको छ।