पात्रो

रेडियो

समाचार खोजी

सरकार नागरिकको हातमै पुर्याउन डिजिटल गभर्नेन्स अनिवार्य छ- गगन थापा

साझा अर्थ संवाददाता २८ माघ २०८२, बुधवार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले डिजिटल गभर्नेन्सका बारेमा आफ्नो धारणा सार्बजनिक गर्दै यो अपरिहार्य भएको बताएका छन् ।

बुधबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले नागरिकलाई सरकारी सेवा लिन भइरहेको हैरानीको विषयलाई समाधान गर्न डिजिटल गभर्नेन्सलाई लागु गर्नुपर्ने बताएका छन् ।

उनले ‘मिनिमम गभरमेन्ट बडिज, म्याक्सिमम गभरनेन्स’ गर्नुपर्ने बताउदै सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउन शासनको शैली र तरिका परिवर्तन गर्नुपर्ने बताए ।

उनले सरकार नागरिकको घरमै हातमै पुगोस भनेर आफुहरुले तयारी गरेको बताएका छन् । यसका लागि उनेल डिजिटल पूर्वाधारमा लगानी गर्ने, निजी क्षेत्रलाई खुला गर्ने र तिनै तहका सरकारहरु एउटै दिशामा काम गर्ने, एक नागरिक एक प्रमाणपत्रको अवधारणामा काम गर्ने , साइबर सेक्युरिटीलाई राष्ट्रिय सुरक्षाको रुपमा काम गर्ने, डिजिटल सर्भिस सेन्टरको अवधारणा अगाडी बढाउने बताएका छन् । 

सभापति थापाले सरकारको सेवा प्रवाहको प्रक्रिया सुधार गरेर नागरिकले भोग्दै आएका समस्या हटाउन नेपाली कांग्रेस स्पष्ट रूपमा प्रतिबद्ध छ । 

76 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु