पात्रो

रेडियो

समाचार खोजी

आजको मौसम पूर्वानुमान

साझा अर्थ संवाददाता २३ माघ २०८२, शुक्रवार

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।

हाल तराई भू-भागका थोरै स्थानहरूमा हस्सु/तुवाँलो लागेको छ। देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी  भू-भागको मौसम मुख्यतया सफा रहेने छ ।

त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेने छ ।

 

97 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ