पात्रो

रेडियो

समाचार खोजी

माघ २५ देखि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

साझा अर्थ संवाददाता २१ माघ २०८२, बुधवार

काठमाडौँ : सरकारले माघ २५ गतेदेखि फागुन १५ गतेसम्म ११ देखि १४ वर्ष उमेरका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले माघ २५ देखि फागुन १५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।

महाशाखाले आ–आफ्नो विद्यालय, नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने जानकारी दिएको छ ।

त्यस्तै कक्षा ६ मा अध्ययन गर्ने सबै छात्राले यो खोप लगाउनु पर्ने र गतबर्षको अभियानमा छुट भएका कक्षा ७ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रा तथा ११ देखि १४ बर्षसम्मका विद्यालय बाहिर रहेका गरी कुल ३ लाख ५० हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ । 

सरकारले गत वर्ष ६ देखि १४ वर्षसम्मका करिब १६ लाख छात्रालाई खोप लगाएको थियो । यस वर्षबाट एपीभी खोपलाई नियमित खोप अभियान अन्तर्गत राखेर लगाउन लागेको हो ।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ