काठमाडौंः शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ । जुन अघिललो दिनको तुलनामा ७०० रुपैयाँ बढेको हो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला १६० रुपैयाँले बृद्धी भएको छ । असली चाँदी आज प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई रहेको छ ।