काठमाडौंः माघ महिनाकालागि पनि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । पहिलल्लो समय हरेक महिना ब्याज घटाई रहेको बैंकहरुले या महिनाकालागि पनि घटाएका हुन् ।
नेपालमा सञ्चालनमा रहेका विस वटा वाणिज्य बैंकहरुले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषतमा ४.६८४५ प्रतिशत विन्दुका दरले ब्याज दिने भएका छन् जुन पुस महिनाको तुलनामा ०.१४९५ प्रतिशतविन्दु कम रहेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा २० वाणिज्य बैंकमध्ये ११ बैंकहरुले ब्याजदर घटाएका छन् । मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरु, हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । जसमध्ये हिमालय बै७क र माछापुछ्रेले सबै भन्दा बढी शुन्य दशमलब पाँच प्रतिशत घटाएका छन् । बाँकी वाणिज्य बैकहरुले भने पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।