पात्रो

रेडियो

समाचार खोजी

१० अर्बको ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

साझा अर्थ संवाददाता २४ पुष २०८२, बिहिवार

काठमाण्डौ : नेपाल राष्ट्र बैंकले विहिवार १० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज अनलाइन बोलकबोलमार्फत ‘ऋणपत्र जारी गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ च’ नामक एकवर्षे ऋणपत्र  जारी गर्न लागेको नेपाल राष्ट्रबैंकद्वारा जारी सूचनामा उल्लेख छ । ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २४ गते हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रुप्मा गरिने छ । ऋणपत्रको बोलकबोलमा क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् ।

127 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ