पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रपति पौडेलको जेनजी समुहसँगको छलफल सर्यो

साझा अर्थ संवाददाता २५ असोज २०८२, शनिवार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूबीचको छलफल कार्यक्रम सरेको छ ।

आज बिहान १० बजेका लागि तय भएको छलफल राष्ट्रपति कार्यालय अगाडि जेनजी समूहले नारबाजी पछि सोमबारका लागि सारिएको हो । 

जेनजीका केही समूहले आफूहरूलाई वार्तामा नबोलाएको भन्दै शीतल निवास अगाडि नाराबाजी गरेका थिए । नाराबाजीपछि छलफल कार्यक्रम सोमबार दिउँसोसम्मका लागि सारिएको बताइएको छ ।

जेनजीका मागहरूको विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले आज बिहान १० बजे जेनजीका करिब २० प्रतिनिधिहरूलाई शीतल निवास बोलाएका थिए ।

50 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ