पात्रो

रेडियो

समाचार खोजी

आज गैर आवासीय नेपाली दिवस मनाइदै

साझा अर्थ संवाददाता २५ असोज २०८२, शनिवार

काठमाडौँ । आज गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाल सरकारले गैरआवासीय नेपाली दिवस एनआरएन डे भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक वर्ष यसैदिन गैरआवासीय दिवस मनाउने गरिएको हो । यस वर्ष भने आज मनाइँदै छ । गैर आवासीय नेपाली दिवसको सुरुवात सन् २००३ मा काठमाडौंमा सम्पन्न पहिलो विश्व सम्मेलनपछि भएको हो। 

विश्वभर छरिएर रहेका नेपालीहरुको साँझा सस्था गैरआवासीय नेपाली संघले औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाउँदैछ । यो एउटा सार्क मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मुलका विदेशी नागरिक अटाउन सक्ने गैर–आवासीय नेपालीहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो ।

पछिल्लो तथ्यांकअनुसार गैर–आवासीय नेपाली संघमा ६८ हजार भन्दा बढी सदस्य आवद्ध रहेका छन् । संसारभरका ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) संघमा आवद्ध रहेका छन् ।

130 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ