पात्रो

रेडियो

समाचार खोजी

माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न

साझा अर्थ संवाददाता ८ भदौ २०८२, आइतवार

काठमाडौंः  माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयले आइतवार आईपीओ बाँडफाँट सम्पन्न गरेको हो । 
कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता शेयरका लागि आवेदन आवेदनन गरेका थिए । जसमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएको थियो भने ८ हजार २८९ आवेदन रद्द भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको छ । 
गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको मा १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् भने ४ जनाले कम्पनीको ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

183 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ