पात्रो

रेडियो

समाचार खोजी

माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट पूर्ण रुपमा विद्युत उत्पान सुरु

साझा अर्थ संवाददाता १३ असार २०८२, शुक्रवार

दोलखाः माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट पूर्ण क्षमतामा(४५६ मेघावाट) विद्युत उत्पादन हुन सुरु भएको छ । डिसेन्डर संचालनमा आएपछि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो । 
क्षतिग्रस्त संरचना मर्मत गरेपछि बिहीबारबाट पूर्ण क्षमतामा विद्युत उत्पान सुरु गरिएको जलविद्युत केन्द्रले जानकारी दिएको छ । अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीका कारण गत असोज ११ गते साँझदेखि माथिल्लो तामाकोसीको बाँधको सबै ढोका खोलेर उत्पादन बन्द गरेको थियो । विद्युत गृह बन्द गर्दा विद्युतगृह र सुरुङ सुरक्षित रहे पनि असोज १२ गते माथिबाट ठूलो पहिरो र लेदो आउँदा लामाबगरमा रहेको बालुवा थिग्राउने पोखरी (डिस्याण्डर) र भूमिगत नहरमा ठूलो क्षति पुग्न गएको थियो  ।
जलविद्युत केन्द्रका दुई डिस्याण्डरमध्ये कम क्षति भएको बायाँतर्फको डिस्याण्डर र भूमिगत कल्भर्ट पुनर्निनिर्माण गरेर गत पुसदेखि विद्युत गृह सञ्चालनमा ल्याइएको थियो । अहिले दुवै पोखरी दुरूस्त भएपछि पोखरीमा जम्मा भएको बालुवा सफा गर्न सहज भएको छ । 
कम क्षति भएको र हिउँदमा विद्युतको माग धान्न आपत्कालिन अवस्थामा रोल्वालिङ खोला जलविद्युत आयोजनाकै निर्माण कम्पनी हाइ हिमाल कन्ट्रक्सनमार्फत सफा गर्ने र मर्मतको काम गरेको थियो । तर बढी क्षति भएको दायाँ पोखरीको डिस्यान्डर पोखरी सार्वजनिक खरिद ऐनअनुसार ठेक्का आह्वान गरेर पुनर्निर्माण गरिएको हो ।

405 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता