पात्रो

रेडियो

समाचार खोजी

लगानी बोर्डद्वारा ३ हाइड्रो र एक केवलकार प्रोजेक्टको लागि १ खर्ब बढी लगानी स्वीकृत

साझा अर्थ संवाददाता २३ जेठ २०८२, शुक्रवार
काठमाडाै‌: लगानी बोर्डले विभिन्न परियोजनाको लागि १ खर्ब बढी लगानी स्वीकृत गरेको छ।  लगानी बोर्डका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्‍न बैठकले लगानी स्वीकृत गरेको हो।
 
आजको बोर्ड बैठकले बझाङ्ग माथिल्लो सेती जलविद्युत परियोजना (२१६ मेगावाट), बकान खोला जलविद्युत परियोजना (४४ मेगावाट) तथा छिलुङ्ग खोला जलविद्युत परियोजना (४३.२ मेगावाट) को गरी जम्मा ३०३.२ मेगावाट जडित क्षमता भएका परियोजनाहरुको जम्मा रु. ५९ अर्ब ७६ करोड तथा मुक्तिनाथ केवलकार परियोजना (८१.०४१ कि.मि) को रु. ५७ अर्ब ६४ करोड गरी कूल जम्मा रु.१ खर्ब १७ अर्ब ४० करोड बराबरको लगानी स्वीकृत गरेको हो।
 
साथै, बझाङ्ग माथिल्लो सेती जलविद्युत परियोजना तथा मुक्तिनाथ केवलकार परियोजनाको परियोजना विकास सम्झौताको शर्त लगायत विषयमा प्रस्तावक कम्पनीसँग वार्ता गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा अलग-अलग वार्ता समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
153 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु