पात्रो

रेडियो

समाचार खोजी

बङ्गलादेश : अवामी लिगमाथि प्रतिबन्ध नलगाइने गृहमन्त्रीको भनाइ

साझा अर्थ संवाददाता २८ साउन २०८१, सोमवार

रासस/एएफपीः बङ्गलादेशको अन्तिरिम सरकारका गृहमन्त्रीले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताउनुभएको छ ।     
“आवामी लिग पार्टीले बङ्गलादेशका लागि धेरै योगदान गरेको छ, हामी यसलाई इन्कार गर्दैनौं,” सखावत हुसेनले भन्नुभयो, “निर्वाचनमा लिगले चुनाव लड्नुपर्छ गृहमन्त्रीको यो भनाइ बङ्गलादेश पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार निर्वाचन बिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिएको एक दिनपछि आएको हो ।     
आवामी लिगका नेता ७६ वर्षीया शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिई गत सोमबार मित्र राष्ट्र भारततर्फ जानुभएको थियो । पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उहाँका हजारौं राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।     
वाजेदले करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा राजनीतिक भविष्यका लागि हसिनाको दल आवामी लिग महत्वपूणर् रहेको दावी गर्नुभएको थियो ।     “हामीसँग दशौं लाख अनुयायीहरू छन् । उनीहरू कतै जाँदैनन्”, उहाँले एएफपीसँगको अन्तर्वार्तामा भन्नुभयो, “अवामी लिगबिना बङ्गलादेशमा प्रजातन्त्र स्थापना गर्न सकिँदैन। कमसेकम देशका आधा जनताले यसलाई कहिल्यै स्वीकार गर्ने छैनन् ।”

198 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ