भारतका विदेश सचिव विक्रम मिश्री आइतवार दुई दिने औपचारिक नेपाल भ्रमणमा आइपुगेका छन् । परराष्ट्र सचिव सेवा लम्सालले उनलाई त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छिन् ।
दुई विदेश सचिवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परर्राष्ट मन्त्रालयले जनाएको छ। परर्ष्ट्रका अनुसार भारतका विदेश सचिवले नेपालका उच्च पदस्थ व्यक्ति पनि भेट गर्ने कार्यक्रम छ । उनी सोमवार फर्किनेछन् । ञविदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ’ भारतीय विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ
साझा अर्थ संवाददाता