पात्रो

रेडियो

समाचार खोजी

रुवाण्डामा राष्ट्रपति विधायकीय चुनावअघि अभियान शुरु

साझा अर्थ संवाददाता ११ असार २०८१, मङ्गलवार

कााठमाडौँ –  अर्को महिना हुने राष्ट्रपति र विधायिका चुनावअघि रुवाण्डामा अभियान शुरु भएको छ । राष्ट्रपति पदका लागि सत्तारुढ रुवाण्डा प्याट्रियोटिक फ्रन्ट (आरपीएफ) का वर्तमान अध्यक्ष पाउल कागामे, विपक्षी डेमोक्र्याटिक ग्रीन पार्टी अफ रुवाण्डाका फ्रान्क हबिनेजा र स्वतन्त्र उम्मेदवार फिलिप मपेइमानासहित तीन जना राष्ट्रपतिको दौडमा छन् ।

२००० देखि सत्तामा रहेका कागामेले उत्तरी प्रान्तको मुसान्जे जिल्लामा आफ्नो अभियान शुरु गरे । जहाँ उनले एक विशाल ¥यालीलाई आरपीएफ राजनीति कसैलाई पछाडि नछोडी सबै रुवाण्डाहरूको विकास सुनिश्चित गर्नका लागि भएको बताए ।

आरपीएफ उम्मेदवारले तीन हप्ताको प्रचार अभियानको क्रममा १९ प्रचार क्षेत्रहरूमा ¥यालीहरूलाई सम्बोधन गर्ने बताइएको छ । ६६ वर्षीय कागामेले लामो समयसम्म सत्तामा रहँदाको आलोचनापछि पश्चिमा देशहरूले लोकतन्त्रमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन् ।

यसैबीच संसदको तल्लो सदनका ८० सिटका लागि ५ सयभन्दा बढी उम्मेदवारले देशका विभिन्न भागमा चुनावी प्रचारप्रसार गरेका छन् । राष्ट्रपति र प्रतिनिधि सभाको निर्वाचन असार १५ गते हुँदैछ । राष्ट्रिय निर्वाचन आयोगका अनुसार करिव ९.५ मिलियन रुवाण्डाहरू मतदान गर्न योग्य छन् ।

277 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु