पात्रो

रेडियो

समाचार खोजी

उद्योगी व्यवसायीमाथि धरपकडप्रति निजी क्षेत्रको विरोध, लगानी वातावरण प्रभावित हुने चेतावनी

साझा अर्थ संवाददाता ११ वैशाख २०८३, शुक्रवार

काठमाडौँ : उद्योगी व्यवसायीमाथि भइरहेको धरपकडप्रति निजी क्षेत्रका प्रमुख छाता संगठनहरूले विरोध जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो कदमले निजी क्षेत्र निरुत्साहित भएको बताएका हुन्।

विज्ञप्तिमा नयाँ सरकार गठनपछि मुलुकमा स्थिरता कायम भई लगानीको वातावरण बन्ने अपेक्षा गरिएको अवस्थामा उद्योगी व्यवसायीमाथि भइरहेको पक्राउ तथा थुनछेकले निजी क्षेत्र त्रसित बनेको उल्लेख गरिएको छ।

निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याइरहेको सन्दर्भ उल्लेख गर्दै यस्तो अवस्थाले अर्थतन्त्र, रोजगारी, राजस्व तथा पूर्वाधार विकासमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिएको छ।

त्यसैगरी, आर्थिक कसुरसम्बन्धी विषयमा पहिले अनुसन्धान गर्ने र कसुर प्रमाणित भएपछि मात्र कारबाही गर्नुपर्ने धारणा निजी क्षेत्रले राखेको छ। अनुसन्धानमा सहयोग गर्न तयार हुँदाहुँदै पनि पक्राउ गरिनु उचित नभएको उनीहरूको भनाइ छ।

यद्यपि, कसुर प्रमाणित भएका व्यक्तिलाई कानुनअनुसार कारबाही गर्नुपर्नेमा कुनै असहमति नरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

निजी क्षेत्रले संविधानले दिएको अधिकार र कानुनी प्रक्रियाको सम्मान गर्दै सरकारलाई यस विषयमा गम्भीर हुन आग्रह गरेको छ।

153 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु