काठमाडौंः सुकुमबास बस्ती खाली गर्ने सरकारको निर्णय विरुद्ध थापाथलीमा प्रदर्शन भएको छ । सरकारको सो निर्णयको विरुद्धमा प्रदर्शन भएको हो ।
सुकुमबासीको आवसको हकसु निष्चित गर्न माग गर्दै उनीहरुले अहिले प्रदर्शन गरिरहेका छन् । साथै उनीहरुले रास्वपा अध्यक्ष रवि लामिछानेलाई छाति थाप्न आउन भन्दै नारा लगाई रहेका छन् । सरकारले विहीबार बेलुका खोला छेउका सुकुमबासी बस्ती खाली गराउन माइकिङ गराएपछि नदी किनारमा अबैध रुपमा बसोबास गरिरहेका सुकुमबासी प्रदर्शनमा उत्रिएकास हुन् ।