पात्रो

रेडियो

समाचार खोजी

४० अर्ब रुपैयाँ प्रशोचण गर्दै नेपाल राष्ट्र बैंक

साझा अर्थ संवाददाता ९ वैशाख २०८३, बुधवार

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज बैंंङ्गीङ प्रणाली बाट ४० अर्ब रुपैयाँ प्रशोचण गर्नलागेको छ । प्रणालीमा अधिक तरलता थुप्रिएपछि बैंकले सो रकम प्रशोचण गर्न लागेको हो ।निक्षेप संकलन उपकरण मार्फत ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको जनाएको छ । अनलाईन बोलकबोल मार्फत राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था आज हुने बोल कबोलमा भाग लिन सक्नेछन् । यो निक्षेप राष्ट्र बैंकले १६० दिनकालागि लिन लागेको हो । बोल कबोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । निक्षेप संकलन उपकरणमा मार्फत प्रशोचण गरिएको रकमको सावाँ तथा ब्याज भुक्तानी असोज २१ गते हुने छ ।

34 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ