पात्रो

रेडियो

समाचार खोजी

काँग्रेसले आज जनकपुरधाममा 'प्रतिज्ञा सभा' गर्दै

साझा अर्थ संवाददाता ६ फागुन २०८२, बुधवार

जनकपुरधाम : नेपाली कांग्रेसले आज मधेश प्रदेशको जनकपुरधाममा 'प्रतिज्ञा सभा' गर्ने भएको छ । कांग्रेसले आज मधेश सभा जनकपुरधाममा प्रतिज्ञा सभा आयोजना गर्न लागेको हो । 

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार काँग्रेसले यसै सभाबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलो घोषणा पत्रको रुपमा 'प्रतिज्ञापत्र' सार्वजनिक गर्ने समेत कार्यक्रम रहेको छ ।

यस सभाका लागि मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू हुने काँग्रेसका नेता कार्यकर्ता सहभागी हुने बताइएको छ ।

उक्त सभामा कांग्रेस केन्द्रीय सभापति गगन थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने उपसभापति विश्वप्रकाश शर्मासहितका केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने छन् ।

कांग्रेसले सातै प्रदेशका मुख्य सहरहरूमा सभा गरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीको प्रचार प्रसार गर्ने बताएको छ ।

16 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ