काठमाडौंः रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत माघ २८ गतेदेखि ११ लाख ८० हजार २६० कित्ता सेयर जारी गरेको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत आईपीओ जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गरेको हो ।