पात्रो

रेडियो

समाचार खोजी

काठमाडौं आइपुगे नेपालका लागि नयाँ चिनियाँ राजदूत माओमिङ

साझा अर्थ संवाददाता १ फागुन २०८२, शुक्रवार

काठमाडौं   नेपालका लागि नव नियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं आइपुगेका छन् ।

यसअघिका चिनियाँ राजदूत छ्न सोङ आफ्नो कार्यकाल पूरा गरी फर्किएपछि चिनियाँ परराष्ट्रमन्त्रालयले चाङलाई नेपालका लागि नयाँ राजदूत पठाएको हो । चाङ चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला  विभागका उप-महानिर्देशकहरूमध्ये एक हुन् । 

नयाँ राजदूत चाङ शुक्रबार बिहान एयर चाइनाको जहाजबाट काठमाडौं आइपुगेका हुन्। उनलाई चिनियाँ दूतावासका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

अब माओमिङले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाण पत्र पेश गरेपछि उनले आफ्नो कार्यकाल शुरु गर्ने छन् ।

52 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ