पात्रो

रेडियो

समाचार खोजी

आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

साझा अर्थ संवाददाता २९ माघ २०८२, बिहिवार

   
काठमाडौँ: आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो । हिंसात्मक उग्रवादसँगवविरुद्ध चेतना विस्तार र अन्तरराष्ट्रिय सहकार्य सुदृढी बनाउने उद्देश्यका साथ यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।    
    
    
 संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको आज चौथो वर्ष हो । राष्ट्रसङ्घको प्रधानकार्यालयका साथै विश्वका अन्य मुलुकस्थित राष्ट्रसङ्घीय कार्यालय, अन्तरसरकारी संस्था, नागरिक समाज, धार्मिक क्षेत्रका अगुवा, निजी क्षेत्र, शैक्षिक संस्था र सञ्चारमाध्यमका प्रतिनिधिसहित सरोकार भएका सबैले एकत्रित भएर हिंसात्मक उग्रवादको रोकथामका निम्ति ऐक्यबद्धता प्रकट गर्नेछन् ।    
    
आतङ्कवाद र हिंसात्मक उग्रवादलाई कुनै धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसङ्घले हिंसात्मक उग्रवाद रोक्न विश्व समुदायबीच समन्वय बढाउन आग्रह गरेको छ ।    
साथै उक्त विश्व संस्थाले संवाद, साझेदारी र समुदायको नेतृत्वमा आधारित समाधानमार्फत हिंसात्मक उग्रवादका मूल कारणहरू पहिचान गरी रोकथामको प्रयास हुनुपर्ने बताएको छ ।    
    
 दीर्घकालीन शान्ति र स्थायित्वका लागि केवल सुरक्षात्मक उपाय मात्र पर्याप्त नभएकाले सामाजिक, आर्थिक र वैचारिक पक्षलाई पनि ख्याल गर्न अपरिहार्य भएको जनाएको छ । यो दिवसका अवसरमा राष्ट्रसङ्घले विश्वभरका नागरिक र संस्थाहरूलाई साझा जिम्मेवारी र सहकार्यमा आबद्ध हुन आह्वान पनि गरेको छ ।    

44 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु