काठमाडौंः नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनु भएको छ । उहाँ १६ सय ६३ मतले विजयी हुनु भएको हो ।
अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नु भएको थियो । यस्तै महासचिवमा शंकर पोखरेल निर्वाचित हुनु भएको छ । पोखरेल १२२८ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका प्रतिश्पर्धी सुरेद्र पाण्डेले ९९९ मत प्राप्त गर्नु भएको थियो ।