पात्रो

रेडियो

समाचार खोजी

नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

साझा अर्थ संवाददाता २७ मंसिर २०८२, शनिवार

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु छ अर्ब ६० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

    केन्द्रीय बैङ्कले सूचना प्रकाशित गरी आफूले लिन चाहेको रकम र व्याजदर समेत प्रस्ताव गरी आवेदन पेस गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले एक बर्षका लागि लगानी गर्न लागिएकाले यही मङ्सिर २९ गतेभित्र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ ।

    राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कमा रु पाँच अर्ब २८ करोड, ‘ख’ वर्गका विकास बैङ्कमा रु ९९ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा रु ३३ करोड बराबर लगानी गर्न लागिएको सूचनामा उल्लेख छ ।

    बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पूरा भएको, तोकिएको न्यूनतम कुल कर्जा पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेकोलगायतका शर्त पूरा गरेको हुनुपर्नेछ ।

    त्यसैगरी केन्द्रीय बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । एक वर्षका लागि लगानी गर्न लागिएको उक्त रकमको व्याजदरसहित प्रस्ताव गर्न सूचनामा आग्रह गरिएको छ ।

    सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैङ्कमा रु ८० करोड, ‘ख’ वर्गका विकास बैङ्कमा रु १५ करोड र वित्त कम्पनीमा रु पाँच करोड बराबर लगानी गर्न लागिएको हो । यही मङ्सिर २८ गतेसम्म आवश्यक कागजात र विवरणसहित निवेदन दिन केन्द्रीय बैङ्कले आग्रह गरेको छ ।

126 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ