काठमाडौंः नेपाल बजारमा आज सुनको मूल्यमा प्रतितोला २३ सयले बृद्धी भएको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै असली चाँदीको मूल्यमा पनि आज प्रतितोला २० रुपैयाँले बृद्धी भएको महासंघको भनाई रहेको छ । आईतबार चाँदी प्रतितोला २ हजार ३५० मा करोबार भइरहेको छ । शुक्रवार प्रतितोला २ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।