काठमाडौंः नेपाल राष्ट्र बैंकले बैङ्कीङ प्रणालीबाट १ खर्ब २० अर्ब रुपैयाँ प्रशोचण गर्न लागेको छ । बैङ्कीङ प्रणालीमा अधिक तरलता थुप्रिएपी राष्ट्र बैङ्कले सो रकम प्रशोचण गर्न लागेको हो ।
निक्षेप संकलन उपकरण मार्फत आज बैङ्कीङ प्रणालीबाट १ खर्ब २० अर्ब रुपैयाँ प्रशोचण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । आज तीन बजे अनलाईन बोल कबोल मार्फत सो रकम १९ दिनकालागि प्रशोचण गर्न लागिएको छ । अनलाईन बोलकबोलमा क, ख तथा ग वर्गका बैंक तथा वित्तीय सँस्था सहभागि हुन पाउने छन् । ब्याजदर बोलकबोल मार्फत तय हुने छ ।