पात्रो

रेडियो

समाचार खोजी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

साझा अर्थ संवाददाता ७ साउन २०८१, सोमवार

काठमाडौंः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार मुख्य मन्त्रीमा नियुक्ति गर्नु भएको हो 
नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 
नवयुक्त मुख्यमन्त्री आचार्यले नेकपा (एमाले) का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको थियो ।

427 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता