पात्रो

रेडियो

समाचार खोजी

घुस रकम  सहित नियन्त्रणमा

साझा अर्थ संवाददाता ७ साउन २०८१, सोमवार

काठमाडौः वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चिवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाई घुस रकम लिएको अभियोगमा पक्राउ गरिएको छ । कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयबाट खटिएको टोलीले सेबाग्राहीबाट नगद तथा  चोक सहित घुस लिएको अवस्थामा पक्राउ गरेको हो । 
औषधि आपूर्तिको विल भुक्तानी दिए बापत सेवा ग्राहीसँग घुस माग गरेको भन्ने  सूचनाको आधारमा भरतपुर महानगरपालिका वडा नम्बर चार कटहर चोकबाट आइतवार नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता नरहरी घिमिरेले जानकारी दिनु भएको छ । लेखा अधिकृत कोइरालाले सेवा ग्राहीबाट नगद १ लाख ५० हजार तथा ४ लाख ५० हजार रुपैयाँको चेक सहित लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको प्रबक्ता घिमिरेको भनाई रहेको छ ।

419 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्