काठमाडौं, २१ बैशाख : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट आशाज गाउने खालको आउने बताउनु भएको छ । सोमबार नेपाल उद्योगवाणिज्य महासंघको ६० औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
मन्तब्यका क्रममा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता समेत जनाउनुभयो । आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारका लागि निजी क्षेत्रको भूमिका महत्व पूर्णर रहने बताउँदै निजी क्षेत्रको संरक्षण तथा प्रवद्र्धनसम्बन्धी रणनीतिक प्रस्ताव पेस गरिएको जानकारी दिनुभयो । करिब १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहेको उहाँको भनाई थियो ।