पात्रो

रेडियो

समाचार खोजी

प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पुर्ण कार्य चैतको पहिलो सात सम्पन्न हुने

साझा अर्थ संवाददाता २५ फागुन २०८२, सोमवार

काठमाडौं : निर्वाचन आयोगले चैतको पहिलो साताभित्र  प्रतिनिधि सभा निर्वाचन तर्फका सबै काम सकाउने बताएको छ । आयोगले सोमबार सो जानकारी दिएको हो । 
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैतको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुनेहरूलाई प्रमाणपत्र दिने लगाएतका सम्पूर्ण कामहरू सम्पन्न भइसक्ने जानकारी दिनुभयो । मंगलबारसम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगले गरेको उहाँको भनाई रहेको छ । प्रवक्ता भट्टराईले मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उमेदवारको नामावली सम्बन्धित दलहरूसँग माग गरिने जानकारी दिनुभयो । त्यसपछि दलहरूबाट प्राप्त भएका नामलाई क्लस्टरअनुसार रुजु गर्दै निर्वाचित हुने सदस्यहरूको छनोट गर्ने र प्रमाणपत्र दिइने निर्वाचन आयोगले जनाएको छ ।

87 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ