पात्रो

रेडियो

समाचार खोजी

याङ्वरकका २३ युवालाई केलाङ नृत्य प्रशिक्षण

साझा अर्थ संवाददाता ३० वैशाख २०८२, मङ्गलवार


पाँचथर, ३० वैशाखः याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ (च्याब्रुङ) नृत्य प्रशिक्षण दिइएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमबमोजिम छ वटा वडाका युवा लक्षित पाँच दिने प्रशिक्षण सोमबार सम्पन्न भएको हो ।    
    
 याक्थुङ (लिम्बू) जातिको मौलिक नृत्य च्याब्रुङबारे नयाँ पुस्ता प्रशिक्षित नहुँदा समाजमा च्याब्रुङको सङ्ख्या कम हुँदै गएकाले यसको संरक्षणका लागि तालिम दिइएको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले बताउनुभयो । “प्रशिक्षण पाएकाहरूले आफ्नो गाउँटोलमा अरुलाई पनि सिकाउने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।    
    
 किराँत याक्थुङ चुम्लुङका सचिव एवं कलाकार यासेली योङहाङसहित पूर्णबहादुर सेलिङ र उदय बेघाले प्रशिक्षण दिनुभएको थियो । पालिकाभित्रका सबै जातजातिका धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले बर्सेनि फरकफरक जाति विशेषका लागि यस प्रकारका तालिम हुँदै आएको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले जानकारी दिनुभयो ।    
    
 सोमबार आयोजित समापन कार्यक्रममा यहाँका लिम्बू समुदायको कला संस्कृतिको जगेर्ना र सम्वर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका बमबहादुर माबो र काजीमान माबोलाई सम्मान गरिएको थियो ।      (रासस)   

132 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्